काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता गरेका छन् । पुस २५ गते कास्की जिल्ला अदालतले थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेको थियो ।
उक्त आदेशमा चित्त नबुझेपछि लामिछाने उच्च अदालत पुगेका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतलका न्यायाधीश नीजित राईको इजलासले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तत्कालै बैंक ग्यारेन्टीमार्फत धरौटी तिरेर रवि थुनामुक्त भएका थिए । तर, धरौटी रकम उच्च भएको र आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन् ।