आज काठमाडौँ उपत्यकामा विजोर नम्बरका गाडी मात्रै चल्न पाउने

आज काठमाडौँ उपत्यकामा विजोर नम्बरका गाडी मात्रै चल्न पाउने

काठमाडौँ, १५ भदौ । काठमाडौँ उपत्यकामा आज विजोर नम्बरका गाडी मात्रै चलाउन पाइने छ । सरकारले बिमस्टेक सम्मेलन चलिरहँदा काठमाडौँको ट्राफिक व्यवस्थापन गर्न भदौ १३, १४ र १५ गतेसम्म जोर–विजोर प्रणालीमा सवारी चलाउने निर्णय गरे अनुसार जोर–विजोर प्रणाली लागु हुने अन्तिम दिन आज विजोर नम्बर प्लेट भएका गाडी मात्रै चल्न पाउने भएका हुन् ।

ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते विजोर नम्बरका गाडी चल्न पाउने र १४ गते जोर नम्बरका गाडी चल्न पाउने जनाएको थियो । आज सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक १, ३, ५, ७ र ९ भएका गाडी चलाउन पाइनेछ ।