

काठमाडाैं, १४ भदाै । नेपाली बजारमा अाज डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । अाज (बिहीबार) १ डलरको नेपाली बजारभाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको छ । यसअघि गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो ।