

काठमाडौं । आइसीसी यू-१९ महिला टी२० विश्वकप अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध पहिले बलिङ गर्दैछ । बांगीस्थित युएसडी-युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।
यसअघिका दुवै खेलमा पराजित नेपालका लागि सुपर सिक्समा पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । त्यसका लागि अष्ट्रेलियालाई पराजित गर्नुपर्नेछ । नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । किरण कुँवरको स्थानमा तृष्णा विक खेल्दैछिन् ।
दोस्रो संस्करणको यु १९ महिला विश्व कपमा १६ राष्ट्रको सहभागीता रहेको छ । सहभागी १६ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’ मा नेपाल सहित स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलिया छन् ।
नेपाली युवा टोली
सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।