कमल थापा भन्छन्- ‘सरकारको विरोध गर्ने बेला भएको छैन’

कमल थापा भन्छन्- ‘सरकारको विरोध गर्ने बेला भएको छैन’

काठमाडाैँ, १४ भदाै । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्यांकनको बेला नभएको स्पष्ट पारे ।

उनले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने कार्य रोकेकामा सरकारप्रति गुनासो व्यक्त गरे ।सो अवसरमा अध्यक्ष थापाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने विचार व्यक्त गरे ।

सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुंग्याउनुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।