पहिरोमा परी ओखलढुंगामा एकै परिवारका चारको मृत्यु

पहिरोमा परी ओखलढुंगामा एकै परिवारका चारको मृत्यु

अाेखलढुंगा, १४ भदाै । अविरल वर्षापछि आएको पहिरोले ओखलढुंगामा एक घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । ओखलढुंगाको मेलुङ गाउँपालिका–८ खिम्तीका पूर्णबहादुर राईको घर बुधबार राति पुरिँदा राईसहित चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५० वर्षीय पूर्णबहादुरसहित ४५ वर्षीया उनकी श्रीमती धनकुमारी राई, ३ वर्षीय छोरा अशिष र शारीरिक अस्वस्थता रहेकी पूर्णकी दिदी ५५ वर्षीया मित्रमाया रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।