बंगलादेश र भारतका प्रधानमन्त्री काठमाडौंमा

बंगलादेश र भारतका प्रधानमन्त्री काठमाडौंमा

काठमााडौं, १४ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । मोदी एयर इन्डियाको विमानमार्फत काठमाडौं आएका हुन् ।

विमानस्थलमा मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान अर्पण गरेको थियो भने मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए ।

कार्यतालिका अनुसार मोदी विमानस्थलबाट सोझै सम्मेलन स्थल होटल सोल्टी पुग्नेछन् । सम्मेलनमा सहभागिताका लागि सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्री आउने क्रम जारी छ । मोदी आएलगत्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं अवतरण गरेकी छन् ।