किन लेखे सन्दीपले यस्ताे भावुक स्ट्याटस ?

किन लेखे सन्दीपले यस्ताे भावुक स्ट्याटस ?

काठमाडौँ । चर्चित क्रिकेटर सन्दीप लामिछानेले भावुक स्ट्याटस लेख्दै सन्यास लिने संकेत गरेका छन् । नेपाली क्रिकेट टिमका स्पिनर लामिछानेले सामाजिक सञ्जालमा भावुक स्ट्याटस लेखेर सन्यास लिने संकेत गरेको अनुमान गरिएको छ ।

शनिबार राति सबैलाई धन्यवाद दिँदै उनले लेखेको पोस्टमार्फत भनेका छन्- ‘यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ ।’