एसिया कप छनोट : यूएईविरुद्ध नेपालले टस जितेर पहिलो फिल्डिङ रोज्यो

एसिया कप छनोट : यूएईविरुद्ध नेपालले टस जितेर पहिलो फिल्डिङ रोज्यो

एसीसी एशिया कप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलका रुपमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ ।

नेपाल र यूएईबीचको खेल मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा हुँदैछ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल यो खेलमा बढी दबाबमा छ । समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपालले आजको खेल जित्नैपर्छ ।

अघिल्लो खेलमा नेपालले अपेक्षाकृत बलिङ गर्न नसक्दा पराजय बेहोरेको थियो । उक्त प्रदर्शनलाई सुधार गर्दै जित हात पार्ने कप्तान पारस खड्काले बताएका छन् ।  नेपाललाई प्रतियोगिताको फाइनलमा प्रवेश गर्न यस खेलले निकै महत्त्व बोकेको छ ।

नेपाली टोलीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी, सन्दीप लामिछाने रहेका छन् ।