कांग्रेसले बनायो बडूकाे संयोजकत्वमा संसदीय दल अनुशासन समिति

कांग्रेसले बनायो बडूकाे संयोजकत्वमा संसदीय दल अनुशासन समिति

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति गठन गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा समिति गठन गरेको हो ।

बैठकले पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।