मेरो आँखाबाट सत्यको खोजी

मेरो आँखाबाट सत्यको खोजी

ललितपुर । पाटन दरबार स्क्वायर भित्र पाटन संग्रहालयमा रहेको ग्यालरीमा, जनवरी १४, २०२५ देखि सामुहिक कला प्रदर्शनी भइरहेको छ । यो नेपाल, चीन र क्यानडाका कलाकारहरूको कलाकृतिहरू सहितको सामूहिक प्रदर्शनी हो। कार्यक्रममा नेपालकै चर्चित समुह काष्ठमण्डप र यसका कलाकारहरुको सहभागिता रहेको छ । प्रदर्शनी नेपाल र चीनबीचको मित्रताको प्रतीक पनि हो । प्रदर्शनी जनवरी १७ तारिखसम्म तीन दिन चल्नेछ ।

नेपालका कलाकारहरुमा आशा डंगोल, एरिना ताम्राकार, भाइराजा महर्जन, विनोद प्रधान, प्रदीपकुमार बज्राचार्य, प्रमिला बज्राचार्य र श्रमिक डंगोलको कलाकृति रहेको छ । सबै चर्चित कलाकारहरूको नेपाली कला क्षेत्रमा प्रभावशाली कलाकृतिहरू छन्। उनीहरूले वार्षिक रूपमा ‘हिमालयन आर्ट फेस्टिभल’ नामक ठूलो प्रर्दशनी पनि आयोजना गर्नेगर्छन् ।

चिनियाँ तेल चित्रकार र दृश्य कला शिक्षाविद् चाओ इङ मिन पनि कार्यक्रममा सहभागी छन्। यसपटक उनको कलाकृतिमा नेपालका चर्चित कलाकारहरुको मुहारचित्र समेटिएको छ । उनले नेपालका सबै चर्चित र जेष्ठ कलाकारहरुलाई व्यक्तिगत रुपमा भेटेर उनीहरुको मुहारचित्र बनाएर प्रदर्शनीमा राखेका हुन् । उनी पाकिस्तानको लाहोर विश्वविद्यालयका भिजिटिङ प्रोफेसर पनि हुन् ।

‘प्रदर्शनीको मूल नारा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने हो,’ प्रदर्शनीको सन्दर्भमा कलाकार आशा डंगोल भन्छन् । आगामी दिनमा दुई देश विच कलाकारहरुको एक्सचेन्स कार्यक्रम गर्न पनि प्रदर्शनीले मदत गर्ने आयोजक बताउँछन् । स्वदेशका कलाकार तथा विदेशका कलाकार एक अर्काको देशमा गएर काम गर्नुले विश्व कला जगतका कलाकारहरुलाई आम जनमानसमा चिनाउन समेत मदत गर्ने सम्भावना छ ।

कार्यक्रममा भाग लिने अर्की कलाकार टोङ झाउ ला फ्रान्स एक उदीयमान चीन-क्यानाडाली फाइबर कलाकार हुन्, जसले प्रतिस्थापन कला मार्फत आफ्नो प्रस्तुत गरिरहेकी छिन् । उनी संस्मरणहरु, अभिलेख र आप्रवासीहरुको कथालाई कलामा प्रस्तुत गर्ने कलाकार हुन् । उनका कलाकृतिहरू पनि अभूतपूर्व छन् र नेपाली कलाकारहरूलाई यसले मनमोहक बनाउने निश्चित छ।

पाटन दरबार स्क्वायर भित्र रहेको ग्यालरी हलमा सञ्चालित यस प्रदर्शनीमा विभिन्न क्षेत्रका मानिसहरु प्रदर्शनीमा आएपछि मन्त्रमुग्ध कला प्रदर्शनी हेर्न आउने आम दर्शकहरु बताउँछन् । कलाप्रेमी सबैले यो प्रदर्शनी हेर्नुपर्ने देखिन्छ । नेपाली कलाकारहरुका लागि पनि यस प्रदर्शनी अवलोकन गर्नु महत्वपूर्ण हुनसक्छ ।