

काठमाडाैँ, १३ भदाै । मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो ।
मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय २१ रन बनायो । ओपनल अनिल शा लाई आराम दिएर सुवास खकुरेललाई मौका दिएको नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालको ३१ रन हुदा पहिलो विकेट गुमायो । नेपालका सुवास मात्र ४ रनमा रनआउट भए ।
त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले केहि सम्हालिने प्रयास गरेका थिए तर सफल भएनन् , पारस ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै नेपालले अर्को विकेट पनि गुमायो । राम्रो लयमा देखिएका ज्ञानेन्द्र मल्ल ४५ रनमा पेभेलियन फर्किदा नेपालले ५८ रनमा तेस्रो विकेट गुमायो ।

ओमानको बलिङ अगाडी नेपालका भरपर्दा खेलाडी खासै टिक्न सकेनन । जसमा कारण नेपालले ८० रन बनाउदा चार विकेट गुमायो । दिपेन्द्रसिंह ऐरी पनि मात्र नौ रनमा आउट भए । त्यसपछि पाँचौ विकेटका लागि सागर पुन र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर एक सय ७२ रन हुदा आरिफ ३६ रनमा आउट हुन पुगे ।
यसअघि क्वालालम्पुरस्थित बायुमास ओभरमा भएको खेलमा नेपालले निर्धा्रित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय २१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । नेपालका सम्मानजनक योगफलमा राष्ट्रिय टिममा पूनरागमन गरेका सागर पुनले ८३ रनको योगदान दिए ।औसत शुरुवात गरेको नेपालका लागि सागरले ८४ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
ओपनर ज्ञानेन्द्र मल्लल ४५ रन जोडे । आरिफ शेख ३६ रनमा आउट हुदा तथा करण केसी २६ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले राम्रो खेलन सकेन । ओपनर सुबास खकुरेल ४, कप्तान पारस खड्का ८, दीपेन्द्रसंह ऐरीले मात्र ९ रन जोड्न सके । सोमपाल कामीले ५ रन बनाए । रोहितकुमार पौडेल शुन्य रनमा आउट भए । ओमानका अजय लालचेटा, मोहम्मद नदिम र विलाल खानले समान २ विकेट लिए ।
नेपालले अब भोलि युएईंसँग खेल्नेछ ।