

काठमाडौं, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको अन्तिम तयारी अन्तर्गत मन्त्रीस्तरीय बैठक चलिरहेको छ ।

बिमस्टेक शिखर सम्मेलनमा छलफल गरिने एजेण्डा र सहमति हुने विषयको अन्तिम टुंगो लगाउन मन्त्रीस्तरीय बैठक काठमाडौँको सोल्टी होटलमा जारी छ । बैठकमा सातै देशका विदेश वा परराष्ट्र मन्त्रीको सहभागिता छ । यो बैठकले मंगलबार भएको परराष्ट्र सचिवस्तरीय बैठकले तय गरेका विषयलाई थप छलफल गरी टुंगो लगाउने छ । बिमस्टेकको चौथो शिखर सम्मेलन भोलि र पर्सी हुँदैछ ।

