विजोर नम्बरका गाडी मात्रै चल्ने दिन जोर नम्बरको गाडी दुर्घटना, एक जनाको मृत्यु

विजोर नम्बरका गाडी मात्रै चल्ने दिन जोर नम्बरको गाडी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक बुधबार बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ ।

ना ४ ख २९४८ नम्बरको ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा ३४ प ५४१५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३२ वर्षीया थापा गम्भीर घाइते भई उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकल चालक देवकुमार रिजाल सामान्य घाइते भएका छन् । ट्याङ्कर चालक मकवानपुरका ६२ वर्षीय बीरबहादुर विकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । रासस