धनगढी, १७ मंसिर । कैलाली क्षेत्र नम्बर पाँच कि प्रतिनिधी सभा उमेदवार डा. आरजु राणा देउवाले नेपाली कांग्रेशको जित निश्चित भए पछि विपक्षिहरु भ्रामक प्रचारमा लागेको वताउनुभएको छ । धनगढी उपमहानगरपालीका वडा नम्बर ८ ,धनगढी गाउँमा आइतवार आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै नेतृ देउवाले हारको मानसिकताका कारण जनतालाइ भ्रममा पार्न विपक्षिहरु दुश्प्रचार लागेको आरोप वताउनुभयो ।
वजारमा नाम, ठेगाना केहि नखुलेको र नेपाली कांग्रेसलाइ असहयोग गर्न आग्रह गर्दै प्रर्चा बाहिर आएको थियो । नेतृ देउवाले भन्नुभयो ‘नेपाली कांग्रेसले जित्ने देखेपछि केहि विरोधी पार्टि भ्रामक प्रचार प्रचारमा लागेका छन्, ‘यो हार मानसिकताको उपज हो । आफ्नो विरुद्ध आएको पर्चा कसले कसरि छाप्यो भन्ने कुरा बाहिर आइसकेको उहाँले बताउनुभयो । ‘जनतालाइ भ्रममा छर्ने गरि पर्चा कहाँ कसले छाप्यो सबै जानकारीमा छ’ उहाँले भन्नुभयो ‘विरोधीहरुले विर्सनु भएछ म प्रधानमन्त्री पत्नी पनि हो, मलाइ पनि धेरै सुचनाहरु आँउछन् ’ ‘मैले चुनाव जित्ने देखे पछि विरोधीहरुमा छटपटि छ’ उहाँले आक्रोस पोख्नुभयो ‘नाम समेत नलेखि सार्वजनिक गरिएको भ्रामक पर्चाले म कहिल्यै डराउदिन ’। ‘धेरै टाढा बाट लामो कागज छापेर ल्याउनु भाछ, कसले छापेको हो थाहा भइसक्यो’ उहाँले भन्नुभयो ‘राजनितीमा होमिएको २५ वर्ष भइ सक्यो,चुनावको बेला विरोधीका भ्रामक समचार छरेर अतिरञ्जीत छर्ने सब पराजित हुन्छन्’ ।
विपक्षि हरु संग चुनाावका एजेण्डा केहि पनि छैनन त्यो जनताले पनि वुझिसके त्यसै कारण पनि उनिहरु प्रोपोगण्डा गर्ने तिर लागे डा आरजुले भन्नुभयो तपाइ हरुले जतिसुके भ्रम छरेपनि जनता पत्याउदैनन म आठ हजार वढी मत अन्तरले चुनाव जित्छु । यसै विच नेपाली कागे्रस कैलालीले पनि भ्रम छर्ने गरि भ्रामक चुनावी सभा गरेको भन्दै प्रचार प्रसारको घोर भत्र्सना गरेको छ । नेपाली कांग्रेस धनगढीले आज ओम प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै प्रतिस्प्रर्धामा रहेका दलहरु हार मानसिकताको कारण भ्रम छर्न तिर लागेको टिप्पणी गरेको छ । नेपाली कागे्रस कैलालीका सभापति नरनारायण शाह मनुले भ्रामक समाचारको भ्रममा नपर्न सबै मतदातालाइ आग्रह गर्नुभएको छ ।