

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ राजनीतिमा फर्कने निर्णयको नेकपा माओवादी केन्द्रभित्रै विरोध भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमै नेताहरुले पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने बिषयले नराम्रो सन्देश गएको बताएका छन् ।
बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता सुदन किरातीले उपराष्ट्रपति बनिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन लागेको खबरले पार्टीप्रति नकारात्मक टिप्पणी हुन थालेको बताएका हुन् ।
उनले समग्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन राम्रो रहेको बताउदै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अहिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ माओवादीमा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय हुने चर्चा छ ।