काठमाडौं। त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं डाइभर्ट गरिएको छ । विमानमा समस्या देखिएपछि फेरी काठमाडोंनै फर्किएको जनाइएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।
त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।काठमाडौंबाट १० ः ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण अन्य बिमानहरुलाइृ केही समय रोकिएको थियो ।