काठमाडाैँ, १३ भदाै । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रको नेपालमा प्रत्यक्ष लगानी न्यून छ । श्रीलंका, भुटान, थाइल्यान्ड र म्यानमारको लगानी तथ्यांकले निराशाजनक देखाउँछ । भारत र बंगालदेशको लगानी भने तुलनात्मक रूपमा बढी छ । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकबाट लिएका हाैँ ।
नेपालले माघ ०६० मा बिमस्टेकको सदस्यता लिएको हो । त्यसयता बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । जुन नेपालमा भित्रिएको कुल वैदेशिक लगानीको करिब ३५ प्रतिशत हो । २४ जेठ ०५४ मा बिमस्टेक स्थापना भएयता नेपालमा कुल २ खर्ब ५७ अर्ब २३ करोड रुपैयाँबराबरका विदेशी लगानी स्वीकृत भएको छ ।