

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।केन्द्रीय मुख्यालय च्यासलमा बैठक सुरु भएको हो ।
बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ । गत असारमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने बताइएको छ ।
केन्द्रीय कमिटीको एजेण्डा तय गर्न बसेको स्थायी कमिटी बैठकमा भने सरकारले पर्याप्त काम गर्न नसकेको निष्कर्ष निकालेको थियो ।