काठमाडौं । भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। सत्तारुढ नेकपा (एमाले) बाट निष्काशित भएपछि रावलले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरिने उनले जनाएका छन् । पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसयता राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले नयाँ पार्टी गठनको तयारी गरिरहेका छन् । उनले आफूले खोल्ने पार्टीको नाम गैरकम्युनिष्ट हुने बताएका छन् ।