संसदीय समितिका सभापतिको मनोनयन दर्ता आज

संसदीय समितिका सभापतिको मनोनयन दर्ता आज

काठमाडौ, १२ भदाै । राष्ट्रियसभाका विभिन्न विषयगत समितिका सभापति पदका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । राष्ट्रियसभाका दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका लागि सभापतिको मनोनयन हुन लागेको हो ।

भोलि हुने सभापति चुनावका लागि संघीय संसद सचिवालयले दिउँसो ४ बजेसम्म मनोनयन गर्न सूचना प्रकाशित गरेको छ । मनोनयनका लागि राष्ट्रियसभाका एक जना सांसदले समर्थन र अर्को एकजनाले प्रस्ताव गर्नुपर्नेछ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० बमोजिम सभापतिको चयन हुनेछ । एकजनाको मात्र मनोनयन दर्ता भएमा सम्बन्धित समितिको बैठकमा सभापतिको निर्धारण हुनेछ भने एकजनाभन्दा बढीको मनोनयन दर्ता भएमा क्रमैसँग निर्णयार्थ प्रस्तुत गरिने छ ।