

काठमाडौँ, १२ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को *चाैँथो शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नेछन् ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्रीले यसबीचमा संसदमा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ । *सच्चाइएकाे