धर्मराज गौतमको पक्षमा ब्यापक जनलहर

धर्मराज गौतमको पक्षमा ब्यापक जनलहर

विद्यार्थी जिवनबाट राजनीतिक यात्रा प्रारम्भ गर्दै विगत ३५ बर्ष देखि प्रजातन्त्र र नेपाली जनताहरुको हक, अधिकार र समृद्धिका लागि अनवरत रूपमा लागि परेका ब्यक्तिको नाम हो- धर्मराज गौतम ।
वि. सं. २०४६ सालको जनआन्दोलनको सफलता पछि सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन स्युचाटार गाउँ विकास समितिको अध्यक्षमा अत्याधिक मत प्राप्त गरी निर्वाचित भएका थिए ।
तत्कालीन समयमा स्थानीय जनताको हितमा, किसान र निमुखा जनताको हितमा लिएका निर्णयहरु तथा स्थानीय विकासका कृयाकलापहरुको आज पनि त्यहाँका जनताहरुले सह्राहना गरिरहेका छन ।

बिक्रम सम्बत २०४७ सालमा काठमाडौं जिल्ला नेपाल विधार्थी संघ सभापति तथा नेपाली काँग्रेस पार्टीको क्षेत्रीय सभापतिका रुपमा बीस बर्ष रहेका थिए ।

विश्वमा देखिएको परिवर्तन संगै प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, विकास र यस क्षेत्रको समृद्धिका लागि प्रत्येक अभियानमा सहभागी हुन् पाउनु गौरब मान्दै आएका छन् l
काठमाडौं जिल्ला, निर्वाचन क्षेत्र नं. ९, प्रदेश सभा (२) मा प्रत्येक्ष तर्फका लागि मङ्सिर २१ गते हुन लागेको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार धर्मराज गौतमको चुनावी अभियान, तीब्र गतिमा अगाडि बढिरहेको बताएका छन ।

काठमाडौं क्षेत्र न.९ को प्रत्येक ढुङ्गा र माटो संग आफू परिचीत रहेको बताउदै आएका धर्मराज गौतमले, बिकास र समृद्धिका लागि प्रतिबद्धता जाहेर गरेका छन ।

क्षेत्र न.९ का जनताहरुको पुर्ण बिश्वास प्राप्त गर्ने कुरामा आफू ढुक्क रहेको बताउदै आएका छन । चुनाव प्रचारप्रसारको क्रममा सहभागी विभिन्न संघसंस्था र त्यसका प्रतिनिधिहरु, राजनैतिक संगठन र त्यसका प्रतिनिधिहरु, महिला, युवा , शिक्षक लगायत सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको देखिन्थे ।

धर्मराज गौतमको चुनाव प्रचारप्रसारका क्रममा देखिएको जनलहर, उल्लास, सद्भाव, आशिर्वाद, सहभागिता, सहयोगले यो कुरालाई पुष्ठि गरेको देखिन आएको छ ।

धर्मराज गौतम उक्त क्षेत्रमा चिर-परिचित तथा विगत ३५ बर्ष देखि त्यस क्षेत्रमा कार्यरत, प्रजातन्त्र, स्थाईत्व, विकास र आर्थिक समृद्धिका लागि कटिबद्ध रहेकाले, यस पटक काठमाडौं क्षेत्र नम्बर ९ का जनताहरुको मन जित्ने विश्वास व्यक्त गर्दै, आफुलाई रुख चिन्नमा मतदान गरि विजय गराउन हार्दिक अपिल समेत गरेका छन l