

काठमाडौं । आज नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । सदस्यता बिबादका कारण पटक पटक स्थगित हुदैँ आएको पत्रकार महासंघको आज निर्वाचन हुन लागेको हो । आगामी तीन बर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश बिष्ट मुख्य प्रतिस्पर्धीको रूपमा मानिएका छन् ।
प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने बिष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समुहवाट उम्मेदवारी दिएका हुन् ।
यसैगरी, बरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीवाट दिपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसवाट रोशन पुरी मुख्यतयाः मैदानमा देखिएका छन् । महिला उपाध्यक्षमा नीतु पण्डित र गंगा बराल पौडल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमिदचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्य प्रतिस्पर्धा हुदैँछ ।
उता, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा देखिएका छन् । यसपटक महासंघमा चौतारी र युनियन तथा सेन्टर र समाजवादी संगठनका उम्मेदवार बिचमा प्रतिस्पर्धा हुने ठानिएको छ ।