काठमाडौँ, १० भदौ । कञ्चनपुरको महेन्द्रनगरमा अहिले बिहान १० बजेदेखि पुनः कर्फ्यु लागेको छ । रक्षाबन्धन तथा जनै पूर्णिमालाई मध्यनजर गर्दै बिहान ५ बजेदेखि १० बजेसम्म खुलेको कर्फ्यु अहिले १० बजेदेखि फेरि लगाइएको हो ।
शुक्रबार निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनकाक्रममा एक बालकको ज्यान गएपछि सोही दिन साँझ ८ बजेदखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको थियो ।
अर्को आदेश नभएसम्मका लागि लागि कर्फ्यु जारी रहने स्थानीय प्रशासनले जनाएको छ ।