काठमाडौँ। अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कीएका छन् । उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरीन् ।
आज बिहान काठमाडौँ आएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका थिए ।