लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई जितका लागि एक सय ७१ रनको लक्ष्य दिएको छ । टस जिती ब्याटिङको निर्णय लिएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको हो ।

लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीका लागि अविजित ९५ रनको योगदान गरे । यसक्रममा उनले ५९ बलको सामना गरी चार छक्का र १० चौका पनि हिर्काए ।