पोखरालाई ८७ रनले पराजित गर्दै चितवनको लगातार दोस्रो जित

पोखरालाई ८७ रनले पराजित गर्दै चितवनको लगातार दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स ८७ रनले पराजित भएको छ । एनपीएलमा पहिलो खेल खेलेको पोखराले खराब सुरुवात गरेको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर दुई बलमै अलआउट भएको हो । कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । पोखराले पहिलो ओभरमै तीन विकेट गुमाएको थियो भने चार ओभरमा महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो ।

बलिङमा चितवनका शोहिल तान्भिर र रिजन ढकालले ३-३ विकेट लिएका छन् । तन्भिरले पहिलो ओभरमा महत्वपूर्ण ३ विकेट लिएका थिए । पहिलो ओभरमा उनले भुर्तेल, नाथ र लिडको विकेट लिएका हुन् । रिजनले पनि एकै ओभरमा ३ विकेट लिए । उनले चौथो ओभरको पहिलो बलमा दीनेश, चौथो बलमा किरण र अन्तिम बलमा माइलकको विकेट लिएका थिए ।