कीर्तिपुरको मतगणना अन्तिम चरणमा, अग्रता बढाउँदै कांग्रेस

कीर्तिपुरको मतगणना अन्तिम चरणमा, अग्रता बढाउँदै कांग्रेस

काठमाडौं । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् । उनी नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरभन्दा एकहजार मतले अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार, कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले ४ हजार ४५५ मत ल्याउँदा एमालेका डा. सुरेन्द्र श्रेष्ठले ३ हजार ४२० मतका साथ पछ्याएका हुन् ।कीर्तिपुर मेयरको दौडमा ११ जना स्वतन्त्र उम्मेवारहरु छन् ।

हाल १, २, ३, ४, ५, ६, ७, ८ वडा सम्मको मतपरिणाम आइसकेको छ भने वडा ९ र १० को मतगणना हुँदैछ । आजै ९ बजे परिणाम आइसक्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।