काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियन्ता फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा नियन्त्रणमा लिइएको बुझिएको छ ।
हिजो नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए ।भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी बनाउने भए चीनका सेनाप्रमुखलाई पनि बनाउनुपर्ने, अन्यथा यो प्रचलन रोक्नुपर्ने उनको विज्ञप्तिमा उल्लेख छ ।
भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउने गरेका छन् । त्यसक्रममा उनी पटकपटक पक्राउ पर्ने गरेका छन् ।
भारतीय सेनाध्यक्ष द्विवेदी हिजो नेपाल आएका हुन् ।