चितवन । चितवन राइनोजले नेपाल प्रियिमर लिग (एनपिएल) मा प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको छ । चितवनको भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उक्त टिमको जर्सी सार्वजनिक गरेकी हुन् ।
उक्त अवसरमा उनले चितवन राईनोजको मस्कट र टिम एन्थम पनि सार्वजनिक गरेकी थिइन् । मेयर रेनु दाहालले भरतपुर महानगर पालिका राष्ट्रिय खेलाडी उत्पादन गर्न लागि परेको बताइन् । उनले राष्ट्रिय खेलाडी उत्पादनको लागि महानगरपालिकाले बिद्यालय स्तरीय लिग क्रिकेट फुटबल लगाएत बिभिन्न खेलकूदहरु आयोजना गर्दै आएको बताइन् ।
उनले प्रिमियर लिगमा चितवन राईनोजको भुमिका सशक्त रहनेमा आफु बिश्वस्त रहेको बताइन् । त्यस्तै चितवन राईनोजका अध्यक्ष आयुष न्यौपानेले एनपिएलले स्थानिय क्रिकेट खेलाडीहरु अबसर प्रदान गरेको बताउदै यसले युवा खेलाडीहरुको क्षमता बढाउन राम्रो अबसर भएको बताए । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।