पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडाैं । पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ। काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।

उनकाअनुसार ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए । उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए । उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि विशेष भूमिका खेलेका थिए ।