महिला हिंसा विरुद्ध महिला संगठन रामेछापले बुझाए सिडिओलाई ज्ञापनपत्र

महिला हिंसा विरुद्ध महिला संगठन रामेछापले बुझाए सिडिओलाई ज्ञापनपत्र

मन्थली, राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन जिल्ला कार्य समिति, रामेछापले महिला विरुद्ध हुने हिंसाको अन्त्यको माग गर्दै र्याली सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

मन्थलीको देवकोटाचोकबाट शुरु भएको नारा, जुलुस सहितको र्याली जिल्ला प्रशासन कार्यालय अगाडी पुगी धर्नामा परिणत भएको थियो भने संगठनका केन्द्रीय सहसचिव तथा प्रदेश नं. ३ कि साँसद रिता माझी, संगठनको जिल्ला अध्यक्ष शान्ता भुजेल, पार्टीका केन्द्रीय सदस्य लालध्वज लामा, सरस्वती श्रेष्ठ, जिल्ला अध्यक्ष रामचन्द्र कँडेल लगायतका प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।

पत्रकारहरुको जिज्ञासामा प्रदेश नं. ३ कि साँसद रिता माझीले भनिन २१ औं शताब्दीका हामी महिला, विशेष गरी हामी नेपाली महिलाहरुको वास्तविक जिवनशैली र कानुनी अधिकारहरु हेर्ने हो भने आकाश जमिन फरक पाइन्छ । आज नेपालको संविधानमा महिला हक, अधिकारहरु प्रशस्त मात्रामा लेखिएका छन्, कार्यान्वयन हुन अझ बाँकी छ । कानुनहरु बन्न नसकेको यो अवस्थामा मानवियता, नैतिकता विनाका सामाजिक अवस्था विकराल रुपमा महिला हिंसामा परिणत हुँदैछ । घरभित्र घरबाहिर हिजो भन्दा आज झन डरलाग्दो झाँगिदै छ । अझ महिला बलात्कार अझ डरलाग्दो रुपमा घटिरहेका भनिएको छ ।

४ बर्षे बालिका देखि लिएर ७७ बर्षिय बृद्धा सम्म बलात्कृत भएका छन् । अपराधिलाई कुनै पनि आवरणमा उन्मुक्तिको अवस्था नदिन र तुरुन्त अपराधिलाई कानुनी कठघरामा ल्याइ कडा भन्दा कडा कारवाही माग गर्दै श्रृखलावद्ध बलात्कार, हत्या भईरहेको अवस्थामा यो कानुनमा भएको दण्ड सजाय अपुग रहेको भन्दै बलात्कारीलाई सर्वोस्व सहित आजिवन थुनाको कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका साँसद माझीले वताईन् । माझीले थपिन मानिसहरुलाई मानिस भएर राम्रो सामाजिक व्यवहार गरी बाच्नका लागि शिक्षामा अनिवार्य नैतिक शिक्षा पढाउने व्यवस्था, महिला माथि हुने सम्पूर्ण ंिहंसा अन्त्य गर्न सरकारका सम्पूर्ण संयन्त्र तुरुन्त्त सशक्त ढंगबाट परिचालित गरि बलत्कार र हत्या तुरुन्त रोक्नको लागि सरकारसँग माग गर्दै सरकारको ध्यानाकर्षण गराएको साँसद माझीले वताएकी छिन् ।