अर्थमन्त्रीको स्वीकारोक्तिः यहि पाराले काम भए लक्ष्य अनुसार राजश्व उठ्न गाह्रो छ

अर्थमन्त्रीको स्वीकारोक्तिः यहि पाराले काम भए लक्ष्य अनुसार राजश्व उठ्न गाह्रो छ

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसाबले काम गरेर राजस्वको लक्ष्य भेट्न कठिन रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस-२०८१ को कार्यक्रममा उनले राजस्व संकलनमा गत वर्ष जति पनि काम हुन नसकेको बताए ।

‘साथीहरुलाई दिइएको जिम्मेवारीको कार्यसम्पादन र लक्ष्य एवं प्रगतिको तुलनात्मक अध्ययन गर्दा प्रगतिको अवस्था सन्तोषजनक पाउन सकेको छैन । वक्यौता असुली, बेरुजु फस्र्योट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति सन्तोषजनक छैन । यस तथ्यले पनि म साथीहरुलाई कार्य सम्पादनमा थप गम्भीर हुन हार्दिकतापूर्वक आग्रह र निर्देशित गर्न चाहन्छु’, उनले भने । मन्त्री पौडेलले संघीयताले आर्थिक केन्द्रहरु विस्तार गरेको र अर्थतन्त्रको आकार पनि बढ्दै गएको तर सँगसँगै खर्च पनि बढेको बताए ।