

काठमाडौं । आईसीसी यू–१९ ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा घरेलु टाेली यूएईले नेपालसामु ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईको सेभेन डिस्ट्रिक मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको हो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको छ ।
विश्वकपमा छनोट हुन आज नेपाललाई फराकिलो जितको आवश्यकता छ । प्रतियोगितामा पाँच खेलबाट आठ अंक जोडेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ । पाँच खेलबाट १० अंक जोडेको यूएई तालिकाको शीर्ष स्थानमा छ ।