चार दर्जनको लागि जागिर खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

चार दर्जनको लागि जागिर खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । संवैधानिक परिषदले आठ वटा संवैधानिक निकायका अध्यक्ष तथा सदस्यहरु खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ। आठ वटा संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जना आवश्यक छ। संवैधानिक निकायको सचिवालयले विज्ञापन जारी गरी अध्यक्ष र सदस्यहरु खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न लागिएको जनाएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र सदस्यको पदपुर्तिका लागि विज्ञापन निकालिएको हो। त्यस्तै आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पनि अध्यक्ष र ४–४ सदस्य पद खाली छन्।

योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि परिषद् सचिवालयले सात दिनको म्याद दिएको छ। सचिवालयले उम्मेदवारहरुले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने व्यवस्था समेत मिलाएको जनाएको छ।