काठमाडौं, ५ भदौ । एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो अभ्यास खेल खेल्दैछ । अभ्यासका लागि सोमबार नै श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । जसमा नेपालले पहिलो खेलमा नियमित कप्तान पारस खड्कालाई आराम दिएको छ । उनको स्थानमा ज्ञानेन्द्र मल्लले कप्तानी गर्नेछन ।
यस्तै विनोद भण्डारीलाई टिममा राखिएको छ भने सागर पुनलाई पनि आराम दिइएको छ । नेपालको प्लेइङ ११ मा कप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, विनोद भण्डारी, रोहित पौडेल, अनिल शा, आरिफ शेख, ललित भण्डारी, ललित राजवंशी, सोमपाल कामी र दिपेन्द्र ऐरी छन ।
श्रीलंकामा नेपालले तीन वटा अभ्यास खेल खेलेर एशिया कप छनोटका लागि मलेसिया जानेछ ।
नेपाली टोलीः
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
बसन्त रेग्मी
सोमपाल कामी
सुबास खकुरेल
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने
करण केसी
ललित सिंह भण्डारी
अनिल कुमार शाह
ललित नारायण राजबंशी
सागर पुन
मोहम्मद आरिफ शेख
रोहित कुमार पौडेल
वैकल्पिक खेलाडी
किशोर महतो
प्रदिप ऐरी
सुनिल धमला
सुशन भारी