काठमाडौं। काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको जानकारी दिए।अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको थियो ।