राष्ट्रपतिद्वारा चीन र अमेरिकामा नयाँ नेपाली राजदूत नियुक्त

राष्ट्रपतिद्वारा चीन र अमेरिकामा नयाँ नेपाली राजदूत नियुक्त

काठमाडौं । अमेरिकाका लागि लोकदर्शन रेग्मी र चीनका लागि प्राडा कृष्णप्रसाद ओली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनिहरुलाई राजदूत नियुक्त गरेका हुन् ।

रेग्मी यसअघि बेलायतको राजदूत बनेका थिए । उनी नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत हुन् ।

मन्त्रिपरिषद्ले उनीहरूलाई राजदूतमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गरेका हुन् ।