कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ

काठमाडौं। मानवतस्करीमा नाम जोडिएका कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।प्रहरी उच्चस्रोतका अनुसार उनलाई विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित पूर्वमन्त्री अधिकारीलाई केहि दिन अघि जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

उनलाई अहिले काठमाडौंमा ल्याउँदैछ ।