एजेन्सी । लुका मोडरिक, क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह यूईएफए प्लेयर अफ दि इयरको अन्तिम तीनमा परेका छन् । युरोपियन फुटबल महासंघले गएराति सार्वजनिक गरेका सुचिमा रियल मड्रिडका पूर्व मिडफिल्डर तथा युभेन्टसका स्ट्राइकर रोनाल्डोसँगै लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियलका मिडफिल्डर मड्रिचलाई अन्तिम सुचिमा चुनेको हो । लिओनल मेस्सी अन्तिम १० बाटै बाहिरिएका छन् भने नेइमार मनोनयनमा नै परेका थिएनन् ।
युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा तीन खेलाडीको अन्तिम सुचि निकालेको हो । यो अवार्ड अगस्ट ३० मा च्याम्पियन्स लिगको समुह चरणको ड्र का बेला मोनाकोमा प्रदान गरिनेछ । यस्तै महिला तर्फ पेरनिली हारडेर, अदा हेगरबर्ग र अमान्डाइन हेनरी अन्तिम छनोटमा परेका छन । हाल किर्तीमानी ९९ मिलियन पाउण्डमा युभेन्टस गएका रोनाल्डोले गत बर्षको पुरुष तर्फको अवार्ड जितेका थिए । अब ८० प्रशिक्षक र ५५ पत्रकारको मतबाट रियल मड्रिडका मिडफिल्डर मोडरिक, युभेन्टसका रोनाल्डो र लिभरपुलका सलाह मध्येबाट एक जना विजेता बन्नेछन् ।