काठमाडाैँ, ४ भदाै । १८ औं एशियाड अन्तर्गत पुरुष फुटबलमा समूह चरणबाटै बाहिरिएको नेपाली यू–२३ टोली सोमबार स्वदेश फर्किएको छ ।
नेपाली टोली सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । एशियाली खेलकुदबाट बाहिरिए पनि नेपाली टोली दुई सातापछि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपको तयारीमा रहनेछ ।