साफ महिला च्याम्पियनसिप फुटबल: भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ महिला च्याम्पियनसिप फुटबल: भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडाैं । साफ महिला च्याम्पियनसिप फुटबलकाे २०२४ मा नेपाल फाइनल प्रवेश गरेकाे छ । भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाइनल पुगेकाे हाे । नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४-२ ले पराजित गर्यो ।

खेलको ७१ औं मिनेटमा संगिता बासफोरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालले दोस्रो हाफमा पुरा आत्मविश्वासका साथ खेलेको थियो । जसमा सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिईन् ।

नेपालका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रर्दशन गरेपछि नेपालको जित सहज बनेको हो । रेफ्रीको गलत निर्णयका कारण खेलको दोस्रो हाफ पूर्णत तनावग्रस्त बन्यो । करिब एक घण्टा रोकिएको खेलमा अन्तत नेपालले जित हासिल गरेको हो ।

नेपालको जितमा सावित्रा भण्डारीले नायकत्व प्रर्दशन गरिन् । उनले नेपालका लागि बराबरी गोल गर्नुका साथै १० खेलाडीमा सिमित टिमको तर्फबाट विपक्षीलाई पुरा दबाबमा राखिन् । अर्की फरवार्ड रेखा पौडेल दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो ।