नेविसंघको कार्यकाल तीन महिना थप

नेविसंघको कार्यकाल तीन महिना थप

काठमाडाै । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद तीन महिना थप गरेको छ।

पार्टीले गठन गरेकाे सहमहामन्त्री डा‍. प्रकाशशरण महत नेतृत्वकाे सहजिकरण संयन्त्रले नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन सम्पन्न गर्न तीन महिनाको समयावधि थप गरेकाे मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि महत नेतृत्वको समितिले तीन महिनाभित्र महाधिवेशन गराउन सक्ने ठोस कार्ययोजना भदौं २ गतेभित्र पेश गर्न केन्द्रीय समितिलाई निर्देशन दिएको थियो।