राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

एजेन्सी, २ भदौ । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा आज निधन भएको छ। उनले नोबेल शान्ति पुरस्कारसमेत हासिल गरेका थिए। अन्नान राष्ट्रसंघका महासचिव बन्ने पहिलो अफ्रिकी नागरिक थिए।

उनले पछि सिरियाका लागि राष्ट्रसंघको विशेष दूतको भूमिका खेलेका थिए। आज बिहान स्विट्जरल्यान्डमा उनको निधन भएको हो।

कोफी अन्नानको जन्म घानाको कुमासीको कोफान्ड्रोस भागमा भएको थियो, जुन पछि गोल्ड कोस्टको ब्रिटिश बस्ती भयो। उनको जुम्ल्याहा जन्म भएको थियो जुन घानी संस्कृतिमा सम्माननिय हुन्छ। उनकी जुम्ल्याहा दिदी एफुआ अट्टा अन्नानको १९९१मा मृत्यू भयो। उनीहरूको बीचको संयूक्त नाम “अट्टा”को अर्थ फान्टे र आकन भाषामा “जुम्ल्याहा” हुन्छ। उनीहरू दुवैको जन्म राज्यको कुलिन परिवारहरू मध्य एकमा भएको थियो, उनीहरूका हजुरबुवा र काकाहरू आदिवासी समुदाय प्रमूख थिए।

कोफी अन्नानले १९५४ देखि १९५७ सम्म्म केप कोस्टमा १८७० तिर स्थापना भएको मेथोडिस्ट आवासिय विद्यालय एलाईट म्फान्टसिपिम विद्यालयमा अध्ययन गरे। १९५७मा अन्नानले स्नातक तह पास गरेकै बर्ष घाना ब्रिटेनबाट स्वतन्त्र भएको थियो।