हमास प्रमुख मारिएको इजरायलको दाबी, अमेरिकाले भन्योः विश्वका लागि राम्रो दिन

हमास प्रमुख मारिएको इजरायलको दाबी, अमेरिकाले भन्योः विश्वका लागि राम्रो दिन

एजेन्सी । इजरायलले हमासका प्रमुख याह्या सिन्वार मारिएको पुष्टि गरेको छ। एक वर्षको प्रयासपछि गाजाको दक्षिणी भेगमा आफ्नो फौजको कारबाहीमा सिन्वार बुधवार मारिएको इजरायली सेनाले जनाएको हो।

‘गाजाका सर्वसाधारण मानिसहरूभन्दा पछाडि अनि गाजा स्ट्रिपमा रहेका हमासका सुरुङभन्दा माथि तथा मुनि एक वर्षसम्म लुकेपछि याह्या सिन्वारको नाश गरिएको छ,’ इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले भनेको छ।

इजरेलका राष्ट्रपति आइज्याक हर्गजले सिन्वारलाई मारेकामा आफ्नो सेनाको प्रशंसा गरेका छन्। सिन्वारले ूरक्तपात र आतङ्कका लागिू आफ्नो जीवन समर्पण गरेको उनको भनाइ छ।
यसअघि आईडीएफले गाजामा ‘मारिएका तीनजना आतङ्ककारी’को पहिचान हुन बाँकी रहेको बताएको थियो। आईडीएफले भनेको थियो, ‘आतङ्ककारीहरू मारिएको भवनभित्र बन्धकहरू रहेको सङ्केत छैन।’

समाचारसंस्था एएफपीका अनुसार मारिएकामध्ये सिन्वार भएनभएको निश्चित गर्न डीएनए परीक्षण जारी रहेको इजरेलका एक सुरक्षा अधिकारीले बताएका थिए। अमेरिकाले हमास प्रमुख मारिएको घटनालाई विश्वका लागि खुसीको दिन भनेर टिप्पणी गरेको छ ।