

१. अदुवा

तपाईले आफ्नो मनपर्ने खाना खाईरहे पनि अदुवाले वजन घटाउन मद्दत गर्छ । आफ्नो रोजाईको खानामा अदुवा राखेर खाने गर्नाले खाना स्वादिष्ट हुन्छ र शरीरका लागि स्वस्थकर पनि ।
२.चुकन्दर

चुकन्दर रसियामा लोकप्रिय सब्जी हो । यो वजन घटाउन राम्रो र निक्कै सस्तो चिज हो । वजन घटाउन यसको प्रयोगका विभिन्न तरिका छन् । चुकन्दरको जुसबाटै शुरुवात गर्नुहोस्
३.केफिर (महि) र दालचिनी

केफिरमा थोरै दालचिनी राखेर पिउनाले तपाइको वजन छिटो घट्छ । यो स्वादिलो पनि हुन्छ ।
४.फापर

तपाई आफ्नो स्वास्थ्यलाई कुनै हानी नगरी वजन घटाउन चाहनुहुन्छ भने फापरको भोजन गर्नु अति उत्तम हुन्छ ।
५. स्टार्च

कार्बोहाईड्रेड हाम्रो फिगरको शत्रु मानिन्छ । सबै कार्बोहाईड्रेड यस्तै हुन्छन् भन्ने चाहिँ होइन । पोषणविद्हरुले हालसालै प्रतिरोधात्मक विशेष कार्बोहाईड्रेडको आविष्कार गरेका छन् । हाम्रो शरीरको पाचन प्रणालीमा विस्तारै मिल्ने हुनाले यसले रगतमा चिनीको मात्रा बढ्न दिदैन । यसले फ्याटी एसिड निर्माणलाई बढवा दिने हुनाले आन्ध्राको कार्यलाई सहज तुल्याउन पनि मद्दत मिल्छ ।