सर्वोच्चमा दुई कामु प्रधानन्यायाधीश !

सर्वोच्चमा दुई कामु प्रधानन्यायाधीश !

काठमाडौं, २ भदौ । मुलुकी एनलाई विस्थापित गर्दैै नयाँ कानुन लागू भएको दिन हिजो दुई जनाले कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा शुभकामना दिएका छन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि १५ दिन बिदामा रहेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले घरबाटै शुभकामना दिए ।

कामु प्रधानन्यायाधीको हैसियतामा सर्वोच्चको काम सम्हाल्दै आएका ओमप्रकाश मिश्रले भने सिंहदरबार पुगेर औपचारिक समारोहमा नयाँ कानूनले आम मानिसको व्यवहारलाई सुधार्ने अपेक्षाका साथ यसको थालनी शुभ होस् भनी कामना गरेका थिए ।