काङ्ग्रेस नेता निधि दिल्ली प्रस्थान

काङ्ग्रेस नेता निधि दिल्ली प्रस्थान

काठमाडौँ, १ भदौ । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका तर्फबाट प्रतिनिधिका रुपमा कावा सभापति निधिलाई त्यसतर्फ पठाउनुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । भारतीय जनता पार्टीका संस्थापक नेता एवं भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको बिहीबार निधन भएको हो ।