कांग्रेस नेता विमलेन्द्र निधि अस्पतालबाट डिस्चार्ज

कांग्रेस नेता विमलेन्द्र निधि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा गत सोमबार भर्ना भएका निधि एक सातापछि डिस्चार्ज भएका हुन् ।

ज्वरोले ग्रस्त बनाएपछि अस्पताल भर्ना भएका निधिको छातीमा पनि समस्या देखिएको थियो । धनुषा क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधि मंसिर ४ गते ओम अस्पतालमा भर्ना भएका थिए । निमोनिया पनि देखिएपछि उनलाई इन्जेक्सनमार्फत एन्टिबायोटिक औषधि दिएर चिकित्सककै निगरानीमा राखिएको थियो ।

डिस्चार्ज भएपछि धेरै मानिससँग नभेट्न र अन्य बिरामीबाट टाढै रही आराम गर्न चिकित्सकले निधिलाई सल्लाह दिएका छन् ।